मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । तर, पढ्न नचाहने अनि कमाउने चाहनेहरुले विभिन्न बहानामा मानव ओसारपसार पनि गराइरहेकै हुन्छन् । यही मेलोमा यहाँको नेपालीहरुको प्रतिनिधिमूलक संस्था एनआरएन अष्ट्रेलियाको नामको समेत दुरुपयोग भएको प्रमाण प्राप्त भएको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको लेटरहेडमा वर्तमान अध्यक्ष अनील पोखरेलको हस्ताक्षर सहित एक व्यक्तिलाई अष्ट्रेलिया आउने निम्ता मात्र गरिएको छैन । उसको आतेजाते टिकटसहित यहाँ बस्ने लगायत सम्पूर्ण व्यवस्थापन पनि एनआरएनले नै गर्ने लेखिएको छ । यो पत्र सहित भिसा अप्लाई गर्दा भिसा नलागेपछि यो प्रकरण बाहिर आएको हो ।

पत्रमा आगामी मार्च २४ तारिख सिड्नीको बरउडमा आयोजना गरिने होली कार्यक्रमका लागि नेपालबाट पुरोहित बनाई एक व्यक्तिलाई कार्यक्रममा निमन्त्रण गरिएको छ ।उनलाई नक्कली पुरोहित बनाएर यहाँ ल्याउने गिरोहले यस्तो कार्य गरेको पाइएको हो ।

अष्ट्रेलियाको कानून अनुसार नक्कली कागजपत्र बनाउने, पेश गर्ने लगायतको काम फौजदारी अभियोग बन्दछ । जसमा राज्यले नै अपराधीलाई कारवाहीको दायरामा ल्याउनका लागि मुद्दा दायर गर्दछ । साथै, यस्तो कार्यमा संलग्न भएको व्यक्ति या समूहलाई प्रमाणित भएको अवस्थामा देश निकालासम्मको कारवाही हुने गर्दछ । यस्तो मुद्दामा जरिवाना तथा जेल सजाय समेत हुन्छ ।

पछिल्लो समय नेपाली समूदायका नाममा खोलिएका विभिन्न संघ संस्थामा कलाकार, पत्रकार या मनोरञ्जनकर्ताको नाममा आफन्तलाई बोलाउने या रकम लिएर यस्तो काम गर्ने र यहाँ आइसकेपछि विद्यार्थी भिसामा परिवर्तन गरिदिने लोभ देखाउने गरेका घटनाहरु भइरहेको सूचना आएपछि प्रमाणसहित भने यो एनआरएन फर्जीकाण्ड बाहिरिएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आफ्नो लेटरहेड दुरुपयोग गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले विहिबार एक विज्ञप्ती जारी गर्दै एनआरएनएको लेटरहेड दुरुपयोग गरेर नेपालबाट पण्डित बोलाउन खोजिएको र भिजा पनि अप्लाई गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

आगामी मार्च २४ तारिख सिड्नीको बरउडमा आयोजना गरिने होली कार्यक्रमका लागि नेपालबाट पुरोहित बनाई एक व्यक्तिलाई कार्यक्रममा निमन्त्रण गरिएको पत्रमा एनआरएनएको लेटरहेड र यसका अध्यक्ष पोखरेले हस्ताक्षर दुरुपयोग गरिएको पाइएको छ ।

अध्यक्ष पोखरेलले उक्त नक्कली पत्र बनाएर भिजा अप्लाइ गरिएको विषयमा अष्ट्रेलियाको इमिग्रेसन विभाग र संघीय प्रहरीमा रिपोर्ट गरि कारवाहीको माग गरिएको छ ।

पछिल्लो समय नेपालबाट नक्कली कलाकार, पत्रकार, खेलाडी बनाएर अष्ट्रेलिया बोलाउने र विद्यार्थी भिजा अप्लाई गरिदिने भन्दै लाखौं रकम असुली भइरहेको भेटिएको छ ।

Source PIC KBCKHABAR and NRNA Australia official Page.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP