बुधबार , बैसाख १०, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन् । महामन्त्री थापाले आगामी निर्वाचनअघि कसैसँग पनि गठबन्धन नगरी चुनाव लड्नुपर्ने प्रस्ताव पेश गरेका छन् । उनको उक्त प्रस्ताव महासमिति बैठकमा पेश हुनु अगावै सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका थिए । देउवाको असन्तुष्टिका वाबजुद पनि उनले उक्त प्रस्ताव महासमितिमा पेश गरेका हुन् ।

कुनै पनि दलले बहुमत प्राप्त नगरेको अबस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसंग तालमेल गर्ने कुरा स्वभाविक हुने उनले उल्लेख गरेका छन् । तर, निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने उनले उद्घोष गरेका छन् ।

‘कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्यहरु, सुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्नेछौं,’– उनले भने ।

कांग्रेसका नेता तथा कार्यकर्तालाई चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने व्यवस्था सुनिश्चित हुने उनको दाबी छ । कांग्रेसकै संगठनलाई थप सिर्जनशील बनाएर एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गराउनेतर्फ लाग्नुपर्ने उनले प्रस्तावमा उल्लेख गरेका छन् ।

https://drive.google.com/file/d/1fPJ_fNW7FmYOFLzXeClkXxnMmYHFgOt9/view

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP