शनिबार , असार १३, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाका दोषीलाई कारबाही गरिने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दोषी देखिएको भन्दै सरकारको ध्यानाकार्षण गराएपछि प्रधानमन्त्री प्रचण्डले दोषी पाइए कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् बैठक पनि बोलाइएको बताए । उनले आजकै बैठकले मन्त्री ज्वालालाई कारबाही गर्ने संकेत गरे ।

‘छानविन समितिले जो प्रतिवेदन ल्याएको छ, गृह मन्त्रालयमा छानविन समितिले बुझाएको छ । आज मैले बुझ्दैछु । प्रधानमन्त्रीको हैसियतले अहिलेसम्म मैले हेरेको छैन । मैले गर्दैछु । आजै क्याविनेट छ । सरकारले बनाएको छानविन समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ । म यो विश्वास दिलाउन चाहन्छु,’– प्रधानमन्त्री प्रचण्डले भने ।

गत पुस १३ गते दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा घटेको घटना छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले घटनाको मुख्य जिम्मेवार व्यक्ति मन्त्री ज्वालानै रहेको प्रतिवेदन गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुझाइसकेको छ । उच्च अदालतका पूर्व न्यायायधीश शेखर पौडेल नेतृत्वको उक्त जाँचबुझ आयोगले घटनाको मुख्य कारकको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई औंल्याएको छ । मन्त्री ज्वालाकै असंयमताले यति ठूलो घटना घट्न पुगेको जाँचबुझ आयोगको निश्कर्ष छ ।

ईपीएस कोरिया भाषा परीक्षा विवादका क्रममा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । कोरिया भाषा परीक्षा विवादमा प्रदर्शनरत प्रदर्शनकारीहरुको समूह भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सोहीबाट आएपछि झनै आक्रमक बनेको थियो । उनीहरुले मन्त्री ज्वालाको गाडीसमेत जलाएका थिए । उक्त घटनालाई लिएर मन्त्री ज्वालाको व्यापक आलोचना समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP