मंगलबार , बैसाख २९, २०८३

चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले कुनै पनि कलाकारलाई आफूले शोषण नगरेको बताएका छन्।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लगाइएको दुर्व्यवहारको आरोपको पनि खण्डन गरेका छन्। इन्द्रेणीबाट हटाइएपछि शर्मिला श्रेष्ठसहितका कलाकारहरूले कँडेलमाथि केही दिनयता संगीन आरोप लगाइरहेका छन्।

६ जना कलाकारले आफूहरूलाई अन्यायपूर्वक हटाइएको आरोप लगाएका छन्। हटाइएकामध्ये चर्चित कलाकार शर्मिला श्रेष्ठले कँडेलले आफूलाई यौन दुर्व्यहार गरेकोसम्म आरोप लगाएपछि विवाद बढेकाे हाे। इन्द्रेणी सञ्चालक कँडेल कलाकारहरूका कोठा-कोठामा छिर्दै हिँडेको पनि शर्मिलाले अभियाेग लगाएकि थिइन ।

तर कँडेलको शुक्रबार दिएको प्रष्टीकरणमा आफूले कसैको श्रम र सम्मानमा आँच नपुर्‍याएको जिकिर गरेका छन्। उनले आफूविरुद्ध विनाआधारका समाचार लेख्नेहरूविरूद्ध पनि कानुनी उपचार खोज्ने चेतावनी दिए।

‘कसैमाथि कुटपिट भएको छैन। कुनै पनि कलाकारलाई केही गरिएको छैन। यसबारे म कुराकानी गर्दै थिएँ। बोल्दै जाँदा उहाँहरूले मेरो चरित्र हत्या गर्नु भयो। मेरोबारे केही थिएन, परिवार र छोराकैबार नराम्रो भनेको सुनेँ’, उनले भने, ‘कलाकार साथीहरूलाई कुटपिट गरेको आरोप लागेको छ। कुटपिट गरेको होइन धकेलेको चाहिँ हो।’

उनले आफूलाई टाउको काट्ने धम्की आएपछि सुरक्षा मागेको बताए। ‘मैले कल्पना पनि नगरेको टाउको काट्छु भनेपछि सुरक्षा लिएको हो। मेरो सुरक्षा परिवारकै सदस्यले गरिदिनु भएको हो। कुनै गुन्डा ल्याएको होइन’, कँडेलले भने। उनले इन्द्रेणीमा पैसाको हिनामिना प्रकरण बाहिरिने डरले निकालेको भन्ने कुरामा पनि सत्यता नरहेको बताए। ‘सबै हिसाबकिताबको हरेक वर्ष अडिट हुन्छ, सबै पारदर्शी छ’, कँडेलले थपे, ‘इन्द्रेणीले आर्थिक हिनामिना गरेको भए छानबिन गरे हुन्छ। हाम्रा कमजोरी पत्ता लगाउनुस्। मैले कमजोरी गरेको भए कानुनअनुसार सजाय भोग्न म तयार छु।’

इन्द्रेणीबाट निकालिएकी शर्मिला श्रेष्ठले गाउँबाट कार्यक्रम सञ्चालन गर्न ल्याएर नदिएको भनेर लगाएको आरोपको पनि उनले खण्डन गरे।‘इन्द्रेणीमा सबैजना तलब खानेको नियम एकै छ। कसैलाई विभेद गरिएको छैन। हाम्रै लिजमा लिएको घर पाँच वर्षपछि कहाँ जाने टुंगो छैन’, उनले भने, ‘शर्मिला श्रेष्ठ अहिल‍े पनि दोहोरी साँझमा काम गर्छिन्। मेरोमा दिउँसो मात्रै आउने हो। त्यो पनि उनी जहिले अरुभन्दा ढिलो १२ बजेपछि मात्रै आउने हुन्। हाजिरी रेकर्ड हेरे हुन्छ।’

शर्मिलाले आफूलाई दुर्व्यवहार गरेको भनेर लगाएको आरोप गलत भएको उनले बताए। ‘उहाँ (शर्मिला) ले मलाई ह्यारेसमेन्ट गर्‍यो भनिछन्। शर्मिलाले लगाएको आरोप झुटो हो। मेरो लिगल विभाग छ म यसबारे कानुनी प्रक्रियामा जान्छु’, उनले भने, ‘शर्मिलाले मनमाया र मेरोबाहेक सबैको कोठामा जान्छ भनेकी रहिन्छन्। मेरो जन्मदिनकै दिन मलाई राक्षस हो, शोषण गर्‍यो भने। तर कोरोनाको बीचमा पनि मैले सबैलाई तलब दिएको हो। बिरामी भएर घर जानेको पनि तलब कटाइनँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP