शनिबार , असार १३, २०८३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा आइतबारसम्म १६ जनाको आवेदन परेको हो ।

आवेदन दिने समय सोमबारसम्मका लागि तोकिएको छ । भोलिसम्म केही थप व्यक्तिहरूले समेत आवेदन दिने अपेक्षा गरिएको छ ।

आइतबारमात्र त्रिविका पूर्व डीन गुणनिधी न्यौपाने, परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि भट्टराई लगायतले आवेदन दिएका छन् । त्यस्तै त्रिविकै पूर्व उपकुलपति तीर्थ खनियाले समेत आकांक्षा देखाएका छन् । तर, उनले आजसम्म आवेदन भने दिएका छैनन् । ‘अहिलेसम्म आवेदन दिएको छैन । दिने भन्ने सोच त छ । तर, भोलिसम्म हेरौँ के के हुन्छ’ रातोपाटीसँग कुरा गर्दै खनियाले भने।

अरू क–कसको आवेदन परेको भन्नेबारे चाहिँ समितिले केही खुलाएको छैन । आइतबार आवेदन दर्ता गराएका पूर्व डीन न्यौपानेले त्रिविको व्यापक सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताए । त्रिविले अहिले खुला प्रतिस्पर्धाबाट भिसी नियुक्त गर्न लागेको प्रक्रियाले समेत त्रिविको सुधारको संकेत देखिएको बताए ।

उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल १६ कात्तिक २०८० मा सकिएपछि शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनी समेत उपकुलपतिको रेसमा छन् । भिसीका लागि अन्य प्राध्यापकहरूले समेत तयारी गरेका छन् ।

उपकुलपति नियुक्तिका लागि पहिलोपटकको दरखास्त आह्वानमा विरोध भएपछि २३ पुसमा दोस्रो पटक सूचना निकालेको थियो । पहिलो पटक २० पुसमा सार्वजनिक गरेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले पहिलो पटक प्रकाशन गरेको विज्ञापन रद्द गरी दोस्रो पटक सूचना निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP