मंगलबार , अषोज २७, २०८३

सबिन बराल


डार्विन – नेपालको आठौँ प्रदेश अस्ट्रेलिया ! यसो भन्दा आश्चर्य लाग्न सक्ला।

पढ्न होस या कमाउन अथवा रमाउन, नेपालीको पहिलो रोजाईको गन्तव्य बनेको छ अस्ट्रेलिया । धेरै नेपाली परिवार अस्ट्रेलियामै जमेर बसेका छन् । त्यसैले त होला, अस्ट्रेलियालाई नेपालको आठौँ प्रदेश भनेर व्यङ्ग्य गर्ने गरिएको ।

अस्ट्रेलियाली सहरका गल्ली गल्लीमा नेपाली कति भेटिन्छन् भन्ने आंकलन या अड्कल यतिकै पनि लाउन सकिन्छ । तर, अस्ट्रेलियामा नेपाली गाउँ बनाइयो, त्यो पनि नेपालीले नभई विदेशीले । यो कुरा सुन्दा धेरैको लागि अनौठो प्रसंग हुन सक्छ । पुतली लज,पराजूली कार्पेट्स,दर्बाङ्ग फ्रेसहाउस तथा तरकारी पसल, नेपाल प्रहरीको गाडी र सँगै माउन्ट एभरेष्ट टूर बस । नेपाली गाउँ, गाउँका हुने  घरलाई मात्रै होइन भिरपाखालाई पनि हुबहु उतारिएको छ उक्त ठाउमा । लाग्छ साँच्चिकै नेपालकै कुनै गाउँमा गएका छौ । तर, यो बसोबासका लागि बनाइएको गाउँ भने होइन । यो गाउँ एक हलिउड सिनेमा ‘आइस रोड २ः टु दि स्काई’ को लागि बनाइएको हो । यसको पहिलो   श्रृङ्खला ‘आइस रोड’ अस्कर नोमिनेसनमा परिसकेको चलचित्र हो। लायम निसन अभिनित उक्त सिनेमामा नेपाली दुर्गम गाउँको कथा समेट्नु पर्ने भएकाले भिक्टोरिया राज्यको गिप्सल्याण्ड स्थित वालहलाको एक क्षेत्रलाई नेपाली हिमाली भेगको झल्को दिने गरि निर्माण गरिएको हो ।

सिनेमा छायाँङ्कनकै लागि यतिबेला निर्माता टोली अस्ट्रेलियामा छ । नेपालको पहिचान र संस्कृति झल्कने गरि तयार पारिएको उक्त गाउँमा झण्डै एक साता सिनेमा छायाँकन हुने जनाइएको छ । सिनेमाको कथामा अभिनेता लिसन आफ्नो भाइको अस्तु सेलाउन सगरमाथा जाँदाको दृश्य देखाउन खोजिएको छ । सिनेमामा सहभागि हुनका लागि भिक्टोरिया राज्यमा रहेका २० देखि ७० बर्षसम्मका नेपालीहरुलाई आग्रह गरिएको थियो ।

अस्ट्रेलियाको अर्थतन्त्रमा ३० मिलियन डलरको योगदान पुग्ने र त्यस क्षेत्रका ६ सय भन्दा बढी स्थानियलाई रोजगार बनाउने गरि साताभर सिनेमाको छायाँकन हुँदैछ भनिएको छ । नेपाल र सगरमाथा प्रतिको प्रेम हलिउड सिनेमाको कथाबस्तु बन्नु गर्वको कुरा हो ।

अझ, नेपालबाट टाढा रहेका नेपालीहरु जो अस्ट्रेलियामा बसोबास गर्छन्, उनीहरुको लागि त खुशी दुई गुणाले बढ्ने नै भयो। तर पनि प्राकृतिक सम्पन्नताले भरिएको नेपालमानै उक्त चलचित्र निर्माण हुन सकेको भए नेपाली अर्थतन्त्र र पर्यटन प्रवर्दनमा केहि सहयोग हुने थियो। ‘आइस रोड २ः टु दि स्काई’ का निर्माण टोलिले वास्तविक नेपाल छोडेर, भएको गाउँ र आँखै अघि उभिएको सगरमाथा छाडेर कृत्रिम सगरमाथा निर्माण गरी अर्काको देशमा नेपाल बनाई किन चलचित्र बनाउन लग्यो, यसमा कतै हामिनै चुकेका त होइनौँ ? यो प्रश्न सबै नेपालीले आफैलाई सोध्न जरुरी  छ ?

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP