
कम्पालामा शुक्रबार सुरु भएको असंलग्न आन्दोलन अभियान (नाम) का मुलुकहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो । अवसरमा दुई पक्षीय हित र सहकार्यबारे कुराकानी भएको बताइएको छ ।
‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नाराका साथ नामको १९ औं शिखर सम्मेलन सुरु भएको हो । अरु धेरै जसो देशबाट परराष्ट्रमन्त्रीको सहभागीता भएपनि नेपालबाट प्रधानमन्त्री दाहाल समेत सम्मेलनमा गएका छन् । श्रीलंकाबाट पनि राष्ट्रपति गएका छन् ।