मंगलबार , भाद्र १६, २०८३
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको छ भने थप एउटा चोरी सिकारीले मारेको आशंका  छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर दुई, आपसमा जुधेर दुई र बाघ एवं गोहीको आक्रमणबाट दुईवटा गैँडा मरेका हुन् । गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोष्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले दुई गैँडा मरेका थिए ।
त्यस्तै तस्करहरुले छ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्करलाई पक्राउ गरिसकिएको छ । यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । तिवारीले  गैँडा तस्करले मारेको आशङ्का गरिएको बताए । घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशङ्का गरिए पनि यकिन भने भएको छैन । यसको अनुसन्धान भइरहेको छ ।
निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२÷७३ यता दुई सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा चोरीसिकारीले मारेको आशङ्का  छ । बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन् । निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् । – रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP