मंगलबार , बैसाख २९, २०८३

काभ्रेपलाञ्चोक । लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की बन्छ भन्ने कमैलाई थाहा होला । काभ्रेपलाञ्चोक जिल्लाका रोसी खोला, बेथानचोक, ढुङ्खर्क र काठमाडौँको फुल्चोकी पहाड वरिपरि बग्ने ससाना ठाडा खोलामा पाइने लेउ साँच्चिकै स्वादिलो हुने भएकाले दरबार र पाँचतारे होटलसम्म पुग्ने गरेको छ ।

कात्तिकदेखि फागुनसम्मका पाँच महिनासम्म घाम लाग्ने सफा उच्च प्रवाहमा बग्ने पानीको ढुङ्गामा टाँसिएर रहने सिमाली त्यही लेउ हो । असला माछाको जस्तै स्वाद हुने यो लेउ एक हजार पाँच सयदेखि दुई हजार मिटर उचाइका खोलामा पाइन्छ । नेपालमा ९९८ प्रकारका लेउ पाइन्छन् ।

खोलाको ढुङ्गामा टाँसिएर रहेको लेउलाई स्थानीयले सङ्कलन गरी बिस्कुन सुकाउने मान्द्रामा राखेर करिब आठ इन्चको वर्गाकार पापड बनाउने गर्छन् । पापडलाई राम्रोसँग घाममा सुकाएर भण्डारण गर्छन् । रुचि र स्वाद अनुसार फरक फरकका परिकार बनाएर खान्छन् ।

स्थानीयले घरायसी प्रयोजनसँगै सिमाली लेउलाई आयआर्जनको वस्तुुका रूपमा पनि कारोबार गर्छन् । वनस्पतिविद् डा मोहनलाल वनर्जीले सन् १९५५ मा जर्नल अफ द बम्बे नेचुरल हिस्ट्री सोसाइटीमा प्रकाशित लेखमा सिमाली इन्द्रचोकको बजारमा पाइने उल्लेख गरिएको थियो । त्यसैलाई पछ्याउँदै ६२ वर्षपछि सन् २०१७ मा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा त्यसको अनुसन्धान सुरु भएको छ । तर यो अहिले लोप हुने अवस्थामा पुगेको छ ।

पनौती पर्यटन केन्द्रका अध्यक्षसमेत रहेका पुरुषोत्तम कर्माचार्य असला माछा लोप हुने अवस्थामा पुगेसँगै सिमाली पनि लोप हुने अवस्थामा पुगेको बताए । उनले असला माछाको मुख्य आहार नै सिमाली रहेकाले त्यसको स्वाद असला माछाको जस्तै रहेको बताए । आफूले किराना पसल सञ्चालन गर्दा हिउँदमा सिमाली ल्याएर बेच्ने गरेको, स्थानीय धेरै रहने गरे पनि अहिले गरे । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP