शुक्रबार , असार १२, २०८३

२ माघ, काठमाडौं । आज आंशिकदेखि सामान्य बदली हुने र उच्च पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । तराई मधेशका जिल्लामा भने दिउँसोसम्मै हुस्सु कुहिरो लाग्ने छ ।

हाल नेपालमा पश्चिमी वायु र बंगलादेशको दक्षिणी भूभाग आसपास रहेको न्यून चापीय प्रणाली समेतको आंशिक प्रभाव परेको छ । ‘यो प्रणालीको प्रभाव आज, भोलि र पर्सि तीन दिनसम्म रहने छ । यसले गर्दा उच्च पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ,’ वरिष्ठ मौसमविद मिनकुमार अर्यालले भने ।

उनका अनुसार आज बागमतीको प्रदेशका दोलखा र सिन्धुपाल्चोक तथा कोशी प्रदेशका संखुवासभा र ताप्लेजुङ लगायत जिल्लाका उच्च भूभागमा वर्षाको सम्भावना छ । गण्डकी प्रदेशमा पनि दुई हजारदेखि तीन हजार मिटरभन्दा माथि क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको अर्यालले बताए ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

भोलि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्सि माघ ४ गते कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने प्रक्षेपण महाशाखाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP