मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलियामा सक्रिय रही पत्रकारिता गर्दै आएका नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नालिष्ट एसोसिएसन ‘एन्जा’ले आफ्नो वार्षिक साधारण सभा तथा समुदायसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अष्ट्रेलियन नेप्लीज जर्नालिष्ट एसोसिएसनको ‘एन्जा’ आयोजनामा गत शनिवार जनवरी १३ का दिन ब्रिजवेनमा भएको अन्तरक्रिया लगायतका कार्यक्रममा गैर आवसिय नेपाली संघ अस्ट्रेलियाका प्रतिनिधि, नेपाली समुदायका प्रतिनिधि, विभिन्न राज्यमा रहेर सक्रिय पत्रकारिता गरिरहेका संचारकर्मीको उपस्थिती थियो ।

तीन चरणमा भएको कार्यक्रमको पहिलो चरणमा साधारणसभामार्फत संस्थाको विधान शंसोधन गरिएको एन्जाले जनाएको छ । त्यस्तै दोस्रो चरणमा एन्जा प्रतिनिधि र एनआरएनए अष्ट्रेलिया प्रतिनिधि विच घनिभूत छलफलका साथै आगामी दिनको कार्यदिशाका वारेमा समेत छलफल भएको थियो ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, महासचिब सन्तोष कुँवरलगायत क्विन्सलेन्ड राज्यका एनआरएनएका प्रतिनिधिहरुको उपस्थिति थियो । सो चरणमा अध्यक्ष पोखरेलले एन्जासँगको सहकार्यमा गर्न सकिने काम र पत्रकारहरुसँग अष्ट्रेलियामा रहेर सामुदायिक पत्रकारिता गरिरहेका सन्चारकर्मीहरूसंग गरेको अपेक्षाका बारेमा जानकारी दिएका थिए । त्यस्तै एन्जाका तर्फबाट अध्यक्ष चिरिन्जिवी देवकोटा र उपाध्यक्ष प्रकाश हुमागाइँले एनआरएनएसँग एन्जाले राखेको अपेक्षा र समुदायसँग गर्न सकिने कामका विषयमा प्रष्ट पारेका थिए ।

दोस्रो सत्रको कार्यक्रमबाट एनआरएनए अध्यक्ष पोखरेलले एन्जासँग सहकार्य गर्दै समुदाय केन्द्रीत गतिविधिमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै दुवै संस्थाबिच सहकार्य गरेर अघि बढ्नुपर्ने र त्यसका लागि एनआरएन अष्ट्रेलिया सदैव तयार रहेको प्रतिवद्धता जनाए ।

अन्तिम चरणको कार्यक्रममा क्वीन्सलेन्डमा रहेको विभिन्न समुदायका प्रतिनिधि, एनआरएनएका प्रतिनिधि र पत्रकारहरुबिच छलफल भएको थियो । समुदायसँगको छलफल शिर्षक दिएर गरिएको कार्यक्रममा क्वीन्सल्याण्डमा रहेका विभिन्न समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

अन्तरक्रियामा एन्जाका सचिब सरल गुरुङले नेपाली पत्रकारिताले भोगिरहेको समस्या, पत्रकारिताको महत्व, व्यवसायिक र सामाजिक क्षेत्रमा पत्रकारिताले पुर्याउन सक्ने प्रभावका विषयमा समुदायका व्यक्तिहरुमाझ बिस्तृत कार्यपत्र पेस गरेका थिए ।

महासचिब नारायण खड्काले सन्चालन गरेको कार्यक्रममा एन्जाका अर्का उपाध्यक्ष छत्र शंकर, कोषाध्यक्ष खगेन्द्र सत्याल, वरिष्ठ सन्चारकर्मी डाक्टर भरतराज पौडेल लगायतले पत्रकारिताका विषयामा उठेका विषयमा जवाफ दिएका दिए । एन्जाका अर्का सदस्य मिलन दाहालले एन्जाका विषयमा समुदायलाई जानकारी दिएका थिए ।

एन्जाले पछिल्लो एक वर्षदेखि अष्ट्रेलियाका सवै राज्यमा रहेका समुदायका प्रतिनिधिसंग अन्तरकृया गर्ने योजना अनुरूप एडिलेड, सिड्नी, होबार्ट र ब्रिसवेनमा कार्यक्रम आयोजना गरिसकेको छ भने केहि महिना भित्रै मेलबर्नको नेपाली समुदायसंग छलफल गर्ने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP