मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । माघे संक्रान्ति नेपालीहरुले महत्वपूर्ण मनाउने चाड मध्ये एउटा हो । माघे संक्रान्तिमा बजारमा तरुल र चाकुको माग ह्वात्तै बढेको छ । तराईमा माघी र पहाडमा माघे संक्रान्तिको रुपमा यसलाई मनाउने गरिन्छ । माघे संक्रान्तिमा विषेश गरेर तरुल, खिचडि, तिलको लड्डु, चाकु आदि खाने गरिन्छ । बजारमा विभिन्न प्रकारका तरुलहरु पाइने गर्दछन् ।

यस्तो छ तरुल खानुको फाइदा

कोही स्वादको लागि तरुल खान्छन् त कोही पेट भर्नको लागि तरुल खान्छन् । मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो । कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वे्दिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ । यसका केही फाइदाहरु यसप्रकार छन्:

छाला तथा स्वासप्रश्वास सम्बन्धी समस्याको लागि राम्रो । यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रिया सम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।
-तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।
-यसमा पाइने एण्टी अक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
-तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।
-यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।

चाकु

पानीमा सखर राखेर आगोमा लामो समयसम्म पकाउनुहोस् र उक्त पानी र सखर पाकेसँगै ठूलो खुला भाँडोमा राख्नुहोस। तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिट्नुहोस।

त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल मिसाएर केही समय खुल्ला छोड्नुहोस। यसरी, घरेलु तरिकाले आफूले चाहेअनुसारको आकारमा चाकु तयार गर्नुहोस र सेवन गर्नुहोस।

चाकुका के फाइदा छन्?

-सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ।

-चाकुमा हुने कालो पदार्थमा प्रशस्त आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ।

-चाकु खाँदा शरीरको रोगसँग लड्नसक्ने क्षमता विकास गर्न मद्दत पुर्याउँछ।

-बालबालिकालाई चिनीको सट्टामा चाकु वा सक्खर दिन सके धेरै राम्रो हुन्छ।

-जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउन सके उनीहरुलाई चिसोबाट जोगाउन सकिन्छ।

-चाकुको सेवनले पाचन प्रणाली पनि बलियो हुने हुँदा जाडो मौसममा चाकु खाँदा खाना अपच हुने समस्याबाट राहत मिल्छ।

-दैनिक रुपमा चाकुको सेवन गर्नाले शरीरमा उर्जा र शक्ति प्रदान गर्छ।

तिल

तिललाई हिन्दु धर्ममा पवित्र अन्नको रूपमा लिइन्छ । तिल हामीले खानुका साथै धार्मिक कार्यमा पनि प्रयोग गर्छौ। तिलको प्रयोग दुई तरिकाले विशेष गरि गर्न सकिन्छ । बियालाई खानाको रुपमा वा तेलको रुपमा । अचारमा मिसाएर विशेषगरी तिल खाने गरिन्छ भने तिलको तेलमा खाने कुरा बनाएर पनि सेवन गर्न सकिन्छ । साथै तिलको तेलले मालीस पनि गरिन्छ ।

तिलको फाइदा

-तिलमा प्रशस्त मात्रामा क्याल्सियम र भिटामिन बी पाइने हुनाले यसले हाम्रो शरीरलाई उर्जा दिन्छ।

-तिलमा क्याल्सियम बढी हुने हुनाले गर्भवती महिलाका लागि फाइदाजनक हुन्छ। तिलमा हुने क्याल्सियमले स्तनपान गराउने महिलाहरूको लागिसमेत राम्रो हुन्छ।

-तिलमा हुने क्याल्सियम हड्डीलाई बलियो बनाउने हुदाँ हड्डी सम्बन्धी बिरामी भएकाहरुलाई समेत तिलले फाइदा गर्न गर्छ।

-तिलको सेवनले खोकिलाई कम गर्छ।

-तिल ढिला पच्ने भएकाले शरिरमा लामो समयसम्म शक्ति प्रवाह यसले सहयोग गर्छ । जसले शरीरको कमजोरीपना पनि हटाउँन पनि मद्दत गर्छ।

-तिलको सेवन मुख गन्हाउने समस्यामा फाइदाजनक हुन्छ।

-जाडोमा तिलको सेवनले शरीर तथा मस्तिष्क दुवैलाई फाइदा पुर्याउँछ।

माघे सङ्क्रान्तिमा घिउ, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी लगायतका खानेकुरा खाने चलन छ। चिसोमा यस्ता खानेकुराले शरीरलाई तातो र तागत दिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP