मंगलबार , अषोज २७, २०८३

सबिन बराल,अस्ट्रेलिया  डार्विन –

नेपाली विद्यार्थीहरुको सर्वाधिक रोजाइको देश अस्ट्रेलियाले आप्रवासी नीतिमा परिवर्तन गर्दै भिसा नियममा कडाइ गर्ने भएपछि यसको असर नेपालमा परेको छ। अन्तर्राष्ट्रिय विद्यार्थी र कम सीप भएका कामदार अस्ट्रेलिया प्रवेशमा कमी ल्याउन नयाँ नियम अघि सारेपछि नेपाली बढी चिन्तित छन्।

अस्ट्रेलियाको डार्विन बस्दै आएकि बुटवलकि रोशनी पुन अष्ट्रेलिया सरकारको नयाँ नीति नबुझ्दा र त्यसको पालना नगर्दा यहाँका नेपालीहरुमा धेरै चिन्ता थप्ने गरेको बताउँछन्। नियम पालना गर्नसके अष्ट्रेलिया सबैभन्दा सजिलो देश भएको उनको बुझाइ छ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलका आनुसार अष्ट्रेलियाले नियम पालना नगरे तुरुन्तै हात बाँधेर स्वदेश नफर्काउने तर त्यसको विभिन्न वैकल्पिक उपायहरू दिने गरेको र अपराधिक गतिविधि गरेकाहरु भने कारवाहीमा पर्ने  बताउनु हुन्छ। पढाइका नाममा कमाइ खाने भाँडो बनाउने, कलेज भर्ना गर्ने, पैसा तिर्ने अनि काम मात्र गरेर बस्नेहरू कारवाहीमा परिरहेका छन्। गैरकानुनी काम गरिरहेकाहरूका लागि समस्या पर्छ । यद्यपी, नियम र कानुन चाहीं सजिलो छ, इमान्दार भएर पालना गरे कसैलाई समस्या पर्दैन,’पोखरेल बताउनु हुन्छ।

यताभने, शैक्षिक परामर्शदाताहरु नेपाली विद्यार्थीहरुलाई अहिले नै अतालिने अवस्था आइनसकेको भन्दै शान्तवना दिइरहेका छन्। नेपालीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ आप्रबासी नीतिले चिन्ता बढाएकोप्रति परामर्शदातारूले शान्तवना दिने गरेका हुन्।

ओएसिस एजुकेसन डार्विनका संचालक आशिष घिमिरेका आनुसार सरकारको नयाँ आप्रवासन नीतिलाई स्वाभाविक मान्नुपर्छ र चासो चिन्ता हुनुलाई अन्यथा मान्न सकिदैन। उनी भन्छन्,‘यहाँ आएर पढ्ने र पढेको क्षेत्रमै भविष्य सुनिश्चित गर्न चाहनेहरूका लागि नयाँ नीति अवसर हो, अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट अफ होम अफियर्सले विदेशी विद्यार्थी भिसाका लागि बनाएको चेकलिष्टलाई फलो गर्नसक्नेलाई सरकारले सँधै स्वागत गरिरहेको छ।’

साथै, नेपाल र अस्ट्रेलियामा रहेको परामर्श कम्पनी ‘केबिए  ग्लोबल ’ संचालक साथै  माइग्रेसन एजेन्ट  शम्भु कँडेलका अनुसार, ‘अष्ट्रेलियामा लिबरल र लेबर पार्टी नेतृत्वको सरकारले फरक फरक नीति लिने गरेको उल्लेख गर्दै अहिले लेबर पार्टीको सरकारले ल्याएको नीतिलाई जटिलताका रूपमा लिनु नहुने बताउँछन्।’

‘नयाँ नीतिमा केही गाइडलाइनहरू छन् । त्यसलाई फलो गर्न सकियो भने यो समस्या होइन। अष्ट्रेलिया सरकारको चाहना भनेको आउ, पढ र गाइडलाइन फलो गर भन्ने हो तर विद्यार्थीरूले पढाइ र काम गराइमा तालमेल मिलाउन नसक्दा समस्या आएको हो। यदि आफ्नो फिल्डमा काम गर्ने हो भने पिआर लिन अझ सजिलो हुने कँडेल बताउनु हुन्छ।

अस्ट्रेलियामा अध्ययन गर्न चाहने शैक्षिक र आर्थिक रुपमा सबल विद्यार्थीले नयाँ नीतिबारे चिन्ता लिनु नपर्ने परामर्शदाताहरूको सुझाव छ। विशेषगरी आप्रवासीसम्बन्धी नयाँ योजनाले उक्त देशमा ‘अस्थायी भिसामा रहेका’ तथा छोटो अवधिका कोर्सहरु गर्न जाने नेपालीलाई बढी प्रभावित पार्ने परामर्शदाताहरूको बुझाइ छ। अध्ययनपछि अस्ट्रेलियामा काम गर्न पाइने वर्ष घटाइने योजनाले केही चिन्ता थपेको छ।

अस्ट्रेलियासहित विकसित देशहरुले आफ्नो जनशक्तिलाई व्यवस्थापन गर्ने मनसाय अनुरुप समय समयमा रणनीति परिवर्तन गर्ने गरेको छ। परामर्शदाताहरू अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीले परिवर्तित पछिल्ला नियमहरूको मूल्यांकन गरेर मात्र प्रक्रिया अघि बढाउन सुझाव दिन्छन्।

अस्ट्रेलिया अवसरको देश मानिएकाले अध्ययन गरेर दक्ष बन्दा अवसर पाउन समस्या छैन् । दक्ष व्यक्तिले सात दिनमै भिसा पाउने संभावना पनि रहेको सरोकारवालारूको भनाइ छ।

नेपालमा राम्रो पढाइ भएका, राम्रो विषयमा राम्रो अंक ल्याएर पास गरेका, अंग्रेजी भाषा टेस्टमा राम्रो स्कोर ल्याएका, पढाइमा धेरै ग्याप नभएका, अध्यागमनसँग निरन्तर समन्वयमा रहेका विद्यार्थीका हकमा नयाँ नियम सामान्य रहेको शैक्षिक परामर्शदाताहरूको बुझाइ छ।

अष्ट्रेलियाको संघीय सरकारले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको संख्या घटाएर अढाई लाख बनाउने लक्ष्य अनुरुप नयाँ आप्रवासी नीति अघि सारको हो।

आर्थिक वर्ष २०२२÷२३ मा विदेशमा अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गर्ने एक लाख नौ हजार चार सय ८२ मध्ये ३१ हजार आठ सय ५२ विद्यार्थीले अस्ट्रेलिया रोजेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP