शनिबार , जेठ ३२, २०८२

मुगु । सरकारले मुगुमा आउने नूनको कोटा नबढाउदा मुगालीहरुले प्रयाप्त मात्रामा नून पाउन सकेका छैनन् । पछिल्लो १२ वर्षदेखि नूनको कोटा बढेन नबढेको भन्दै सरोकारवाला निकायले कोटा बढाउन माग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मङ्गलबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा जनताले नूनको लागि सास्ती पाउनुका साथै आवश्यकता अनुसारको नून नपाएको गुनासो उठेको थियो ।

बैठकमा नेपाली कांग्रेस मुगुका उपसभापति कर्णबहादुर रावलले नून दिँदा नागरिकताको फोटोकपी खोज्ने र स्वम् व्यक्ति उपस्थित हुनुपर्ने प्रावधानले जनताले सास्ती पाएका बताए । माग अनुसार नून नपाउँदा कयौँ दिन अनिलो खाना खानु परेको गुनासो आउने गरेकाले नूनको कोटा बढाउन र माग अनुसारको नून पाउने व्यवस्था गर्न पहल गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष राजबहादुर मल्लले नागरिकता देखाएर पाँच पाकेट नून पाइने भन्दै रू ५० को नून लिन सदरमुकाम बाहिरका जनताले रू पाँच सय बढी खर्च गर्नु परिरहेकाले वडास्तरबाटै नून वितरणको व्यवस्था मिलाउन सुझाव दिए ।

नीतिगतरुपमा वडाबाट नून वितरणको प्रावधान भए आफूहरु वडाबाट वितरण गर्न तयार रहेको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए ।

बैठकमा उठेका प्रश्न तथा गुनासोबारे आफू जानकार भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । उनले जिल्लामा २०६८ सालको जनसङ्ख्यालाई आधार मानेर प्रति व्यक्ति पाँच पाकेटका हिसाबले कोटा निर्धारण गरी नून उपलब्ध हुँदै आएको जानकारी दिए ।

‘नूनको कोटा २०६८ को जनगणना अनुसार छ । सरकारले २०७८ को जनगणना अनुसार कोटा निर्धारण गर्नुपर्छ । कोटा पुरानो, जनसङ्ख्या नयाँ भएकाले पनि थप समस्या भएको हो’, प्रजिअ केसीले भने, ‘पहिला जिल्लामा कम जनसङ्ख्या थियो, अहिले बढे्को छ । बढे्को जनसङ्ख्याका आधारमा नूनको कोटा निर्धारण हुनु पर्दछ ।’

केसीका अनुसार २०७८ को जनगणना अनुसार जिल्लाका लागि नूनको कोटा निर्धारण गर्न मन्त्रालय र साल्टट्रेडिङ कर्पोरेसनलाई अनुरोध गर्दै सर्वपक्षीय बैठकबाट निर्णय गरेर पठाउन सर्वपक्षीय बैठकको आयोजना गरिएको हो । सरकारले जिल्लाका लागि दुई हजार नौ सय ७० क्विन्टल नून वार्षिक कोटा छुट्याउँदै आएको छ ।

पालिका अनुसार हेर्दा खत्याड र सोरु गाउँपालिकाका लागि वार्षिक एक हजार सात सय ७० क्विन्टल र मुगुम कार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका लागि एक हजार दुई सय क्विन्टल नून वार्षिक कोटा छुट्याइको प्रजिअ केसीले जानकारी दिए ।

उनका अनुसार २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ५५ हजार दुई सय ८६ थियो भने २०७८ अनुसार जनसङ्ख्या बढेर ६४ हजार पाँच सय ४९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 118 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP