मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाउँमा सडकबाट १५० मिटर तल खस्दा घाइते भएका १२ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

नवलपुरको बौदीकाली गाउँपालिका-२ का ४२ वर्षका रुमबहादुर बिक र सोही ठाउँका ५५ वर्षका जेमलाल दरैको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ भने ४ जनाको बेलचौतारामा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहनबहादुर खाणले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP