शुक्रबार , बैसाख १२, २०८२

काठमाडौं । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाउँमा सडकबाट १५० मिटर तल खस्दा घाइते भएका १२ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

नवलपुरको बौदीकाली गाउँपालिका-२ का ४२ वर्षका रुमबहादुर बिक र सोही ठाउँका ५५ वर्षका जेमलाल दरैको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ भने ४ जनाको बेलचौतारामा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहनबहादुर खाणले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 50 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP