मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ । बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक  गरिएको हो । मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।

उनीमाथि बाल यौन दूराचारको आरोप छ ।  उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । प्रहरीले बम्जनसँगै उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ ।

Ram-bahadur-Bamjan_sarbajanik.jpg

सीआईबीका अनुसार बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए । उनले हालै सेतो रङको ल्याण्डक्रुजर गाडी पनि किनेका थिए । ५ करोडमा बुक गरेको गाडीका लागि ३ करोड भुक्तानी गरिसकेको खुलेको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको पाइएको छ ।

पटक पटकको प्रयासमा पनि बम्जनलाई सीआईबीले पक्राउ गर्न असफल हुँदै आएको थियो। तर यस पटक उनी काठमाडौंक हात्तीगौंडास्थित घरबाटै समातिए ।

सीआईबीको टोली पक्राउ गर्न घरभित्र छिर्दा उनी चौथो तलाको झ्यालबाट हामफालेर भाग्न तम्तयार भइसकेका थिए। तर सीआईबीले अन्य तीनवटा टोली तैनाथ गरेर उनलाई उम्किन दिएन।

सीआईबीलाई लगातार चुनौती दिइरहेका उनलाई पक्राउ गर्न ‘अपरेशन ब्लु’ चलाइएको थियो। सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेशन ब्लु’ चलाएर बम्जनलाई पक्राउ अभियान चलाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP