मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । सहकारीको रकम हिनामिना गरी फरार रहेको आरोपमा प्रहरीले रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्क बहादुर कठायत र सदस्य विनोद कुमार ओझालाई पक्राउ गरेको छ।

फरार रहेका अध्यक्ष कठायत र सदस्य ओझालाई प्रहरीले पुस १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय रहेको  सहकारीले जोरपाटी र भक्तपुरमा शाखा कार्यालय सञ्चालन गरी रकम उठाएका थिए।

बचतकर्ताहरूले हालसम्म दिएको जाहेरी अनुसार १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ ९२ पैसा बचत रकम अपचलन तथा हिनामिना भएको प्रहरीले जनाएको छ।

सहकारी सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्तालाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए।

मासिक/त्रैमासिकरवार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता दिएनन्।

त्यसपछि निक्षेपकर्ताहरुले आफ्नो रकम जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरेपछि प्रहरीलाई गुहारेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP