मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनमा सहभागी दलहरुबीच  बालुवाटारमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भैरहेको छ ।  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनमत पार्टका अध्यक्ष सीकेर राउत बैठकबाट निस्किएका छन् ।

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा मिलेर चुनाव लड्ने तयारीमा रहेका सत्ता गठबन्धनका दलहरुबीच शनिबार सिट बाँडफाँटका विषयमा छलफल भएको छ । सात प्रदेशमा १९ सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा कुन दलले कति सिट लिने भन्ने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP