मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । मेलम्चीको पानी ल्याएर काठमाडौंमा वितरण गर्नुपर्ने माग गर्दै पाटन दरबार क्षेत्रमा प्रदर्शन भएको छ । उपत्यका संघर्ष समितिले प्रदर्शन गरेको हो ।

काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले संघर्ष समिति नै गठन गरेर एक महिनादेखि नै नियमित जसो प्रदर्शन गर्दै आएका छन् । उनीहरु आज पनि रित्ता गाग्री लिएर प्रदर्शनमा उत्रिए ।

Protest-_-Melamchi-pani_1.jpg

काठमाडौं उपत्यकाका फरक फरक ठाउँमा प्रदर्शन गर्दै आएका उनीहरुले आज पाटन दरबार क्षेत्रमा प्रदर्शन गरे । उपभोक्ताहरु रित्ता गाग्रीसहित विभिन्न नारा लेखिएका पोस्टर र प्लेकार्ड बोकेर नै प्रदर्शनमा सहभागी भएका थिए ।

मेलम्ची राष्ट्रिय गौरवको आयोजना भए पनि सरकारले आयोजना पूरा नगरेका कारण आन्दोलनमा उत्रिनु परेको गर्ने संघर्ष समितिले बताएको छ ।

Protest-_-Melamchi-pani_2.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP