मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस। जयशंकर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सिंहरदरबार भेटवार्ता जारी छ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेपछि जयशंकर प्रधानमन्त्रीसँग भेट्न पुगेका हुन् ।   सिंहदरबारमा वार्ता भइरहेको छ। वार्तामा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल सहभागी छन्।

भारतको तर्फबाट विदेशमन्त्री जयशंकरसहित नेपालस्थित राजदूत नवीनकुमार पनि सहभागी छन्। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार बिहान काठमाडौँ आएका हुन् ।

उनले बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिनेछन्। जहाँ नेपालतर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले सहभागिता जनाउँदै छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP