मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध दलहरु आन्दोलनमा उत्रिएका छन् । मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएको विरोधमा धरानका विभिन्न पाँच दलका भातृ संगठनहरू आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर कार्यकक्षमा राख्ने प्रयास गरेका छन । तर दलका कार्यकर्ताहरू फोटो लिएर पुग्नु अघि नै धरान उपमहानगरको मूलगेटमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । जसले तनाव समेत उत्पन्न भयो । आन्दोलित राजनीतिक दल र मेयर साम्पाङबीच कार्यालयमा कसको तस्वीर राख्ने भन्ने विषयमा सहमति खोज्न वार्तासमेत भएको छ । तर, वार्ता निष्कर्षमा पुग्न सकेन ।

दलहरु भने तीन दिनभित्र कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्न अल्टिमेटम दिएर फर्किएका छन् ।मेयर साम्पाङले केही दिनअघि आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर हटाएर किराती राजा यलम्बरको राखेका थिए।दलहरुले अहिले फेरि यलम्बरको तस्वीर हटाएर राष्ट्रपति र प्रधानमन्त्रीकै राख्न खोजेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP