
काठमाडौं । रुसी सेनामा भर्ती भएका अर्का एक नेपाली युवकको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका स्याङ्जाका अर्का एक युवकको मृत्यु भएको हो ।
रुसको तर्फबाट रुस–युक्रेन युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको हो ।
तीन वर्ष नेपाली सेनामा काम गरेका अर्याल जागिर छाडेर रुस गएका थिए । परराष्ट्र मन्त्रालयले अर्यालको मृत्यु भएको खबर आफन्तलाई दिएको हो ।
अर्याल करिब दुई महिनाअघि दुबई हुँदै रुस गएका थिए । उनको पुस १२ गते मृत्यु भएको हो ।