मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि तीन महिना चलाएको  ‘जनतासँग माओवादी’ अभियानले पार्टीमा उत्साह ल्याएको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले अभियान सफल भएको बताए ।

‘तीन महिने अभियानले कार्यकर्तामा जागृति आएको छ। जनतामा आशा पलाएको छ। यो अभियानले चुनावका बेला मात्रै होइन, अरु बेला पनि माओवादी आउँदा रहेछन् भन्ने भएको छ’, सापकोटाले भने, ‘बनेको ठाउँका संगठन चलायमान भएका छन्। नबनेका ठाउँमा संगठन बनेका छन्। पार्टीबाट पलालयन हुने कुरा रोकिएको छ। पार्टी प्रवेशको क्रम पनि बढेको छ।’

सापकोटाले यो अभियानले जनतामा आशा र उत्साह देखिएको दाबी गरे। ‘अभियानले पार्टी एक भएको छ, नयाँ आशा र उत्साह देखिएको छ। जनता हामीतिर फर्किएका छन्’, उनले भने, ‘जनताका गुनासा र आशा छन् तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन्।’
अभियानका क्रममा जनताले भ्रष्टाचारविरोधी अभियानलाई तीव्र बनाउन सुझाव दिएको पनि सापकोटाले बताए। ‘भ्रष्टाचारविरोधी अभियान गम्भीरतापूर्वक चलाउनुपर्छ भनेका छन्। संस्कार र संस्कृतिप्रति माओवादीको जुन सुझबुझ थियो, त्यसमा उदाशीन भएको हो कि भन्ने भएको छ’, उनले भने।

सापकोटाले अभियानका क्रममा विधान अनुसार चल्न र निर्देशनहरु माथिबाट पालना गर्न सुझाव दिएका पनि बताए ।

‘राष्ट्रियताका सवालमा हामीले जनतामाझ प्रष्ट कुरा राखेका छौँ। तीन महिने अभियानको उपलब्धि भनेको अन्तरविरोधहरू सतहमा आएका छन्। धेरै राम्रोसँग अन्तरविरोध पनि हल भएका छन्’, उनले भने, ‘कार्यकर्ताले विधानअनुसार चल्नुपर्छ भनेका छन्। कार्यविधिअनुसार चल्नुपर्छ भनेका छन्। आन्तरिक निर्देशनहरू माथिबाट पालना गर्नुपर्छ भन्ने कुरा आएको छ। मूल्यांकनको आधार धेरै राम्रो बनेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP