मंगलबार , बैसाख २९, २०८३

बुटवल,पुस १५ ।रुपन्देही व्यापार संघले बुटवलमण्डपमा संचालन गरेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको १० औं दिनमा अहिलेसम्मकै धेरै अवलोकनकर्ता सहभागी भएका छन् ।

बिदाको दिन र बुटवल क्षेत्रमा चिसो बढेकाले पनि अवलोकनकर्ताको घुइँचो लागेको आयोजकको भनाइ छ । पुस ५ गतेबाट चलिरहेको एक्स्पोमा शनिबार अहिलेसम्मकै धेरै अवलोकनकर्ता पुगेको र कारोबार पनि त्यसैगरेर अहिलेसम्मकै धेरै भएको जनाइएको छ ।

एक्स्पोका प्रचार संयोजक फर्सुराम पन्तका अनुसार शनिबारमात्रै एक लाखभन्दा बढीले अवलोकन गर्दा करिब ४ करोड बराबरको कारोबार भएको दावी गरे । स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नाराका साथ बुटवलमण्डपमा सञ्चालन भइरहेको एक्स्पोमा बढेको भीडले आफूहरुलाई थप उत्साह बनाएको संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कृष्ण घिमिरेले बताए ।

शनिबारको पूर्व तयारी गरेर टिकट काउन्टरको व्यवस्था, सुरक्षा व्यवस्था र बाहिर निस्कने अर्को गेटको व्यवस्था पहिले नै गरिएको उनले बताए । शनिबार बिहानै ९ बजेदेखि नै अवलोकनकर्ताहरु टिकट काउन्टरमा लाइनमा बसेर भित्र प्रवेश गर्न थालेका थिए । शनिबार दर्शकहरुको भिड बढेपछि आयोजक लाइन व्यवस्थापन गर्दै सहज रुपमा प्रदर्शनीस्थलमा खटिएका थिए भने स्टलधनी दिनभरी आफ्ना सामग्री बेच्न र प्रदर्शनीमा राखिएका वस्तुबारे जानकारी दिन खटिएका थिए ।
स्थायी प्रदर्शनी स्थल भएकाले पनि प्रदर्शनी केन्द्रमा अवलोकनकर्ता थपिँदा पनि धेरै समस्या नपरेको महासचिव दयानिधि भण्डारी बताउँछन् । उनले भिड अत्यधिक बढेपछि टिकट काउण्टर बढाएर सहजता बनाएको जनाए । मण्डपमा एकैपटक ५० हजार दर्शक रहनसक्ने क्षमता भएका कारण व्यवस्थापन सहज हुने गरेको छ ।

सुरक्षा व्यवस्था समितिका संयोजक अर्जुन भट्टराईले शनिबार दर्शकहरुलाई बाहिर निस्कनका लागि २ वटा छुट्टै निकासको व्यवस्था गरिएको र भीड बढेपनि कुनै अप्रिय घटना नभएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP