मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसले पुष १६ अर्थात भोलि सोमवार राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैछ । २०३३ सालमा वीपी कोइराला लगायतका नेताहरु मेलमिलापको अवधारणा लिएर स्वदेश फर्किएपछि कांग्रेसले यो दिवस मनाउने गरेको छ ।

त्यसमा उसले विभिन्न राजनीतिक दलहरुलाई बोलाउने गरेको छ । मेलमिलाप दिवस भव्यरूपमा मनाउने भन्दै यसपटक पनि कांग्रेसले ठूला सबै राजनीतिक दललाई आमन्त्रण गरेको छ । तर, प्रतिनिधिसभाको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने बोलाएको छैन ।

कार्यक्रममा बोलाउने दलहरूको निश्चित मापदण्ड तोकिएकोले रास्वपा नपरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।विश्वकर्माका अनुसार लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनका लागि उनीहरूको योगदान नभएकाले निम्तो नगरिएको हो।

‘वक्ता धेरै हुने भएपछि एउटा मापदण्ड बनायौँ। राष्ट्रिय मेलमिलाप भनेको बीपीको विचारलाई कार्यान्वयन गर्न लोकतन्त्र मूल विषय हो। प्रजातन्त्र मूल विषय हो,’ विश्वकर्माले भने, ‘यसमा लामो योगदान दिनेहरू वक्ता रहने छन्। त्यसमा दल सानो भए पनि नेमकिपाका नारायणमान बिजुक्छें र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको योगदान छ।’

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा यो कार्यक्रम तय गरिएको विश्वकर्माले जानकारी दिए।विश्वकर्माका अनुसार कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसहितका नेतालाई बोलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP