शनिबार , बैसाख १३, २०८२

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय समितिले सत्तामा रहका दलहरुबीच गठबन्धन गरेर जाने निर्णय गरेको  पार्टी केन्द्रीय कार्यालय  सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।  विश्वकर्माले  यो निर्णयसँगै अब गठबन्धन दलसँग उम्मेदवारीबारे छलफल हुने बताए।

‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन कायमै राखेर जाने निर्णय गरिएको छ’, उनले भने, ‘उम्मेदवारीबारे गठबन्धन दलमा छलफल गर्छौँ। सत्ता गठबन्धनका दलहरूबीच सहमति जुटाएर साझा उम्मेदवार उठाउँछौँ।’

यो बैठकले अवसर नपाएकाहरूलाई राष्ट्रिय सभामा मौका दिने भएक छ। ‘अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म योगदान दिएर छुटेका नेताहरू र समुदाय तथा भूगोल मिलाएर उम्मेदवार उठाउँछौँ’, उनले पत्रकारहरूसँग भने।

विश्वकर्माले संसदीय क्षेत्रमा योगदान दिन सक्ने नेतालाई रोजिने पनि बताए। ‘संसदीय क्षेत्रमा योगदान दिन सक्ने, पार्टीप्रति वफादार स्वच्छ छविका, अवसरबाट बञ्चित र योग्यहरूलाई अवसर दिन्छौँ,’ विश्वकर्माले  भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP