मंगलबार , भाद्र १६, २०८३

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको बताए । ‘प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो,  खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने प्रचण्डले राम्रो काम गर्न सक्नुभएन  भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसको छ,’ महामन्त्री थापाले भने।

उनले कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै काँग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए। कांग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गर्दै उनले बालकुमारीमा बिहीवार भएको घटनाप्रति दुःख व्यक्त गरे।

‘अहिले नेपाली काँग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ। कि धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा पर्छ। कांग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन। अहिले फेरि हामीले जिम्मा पाएका छौँ। यो बेला हामीले काम गर्नुपर्छ,’ थापाको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP