मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने गरी सरकारले छानबिन समिति बनाएको बताएकी छन् ।

एनसेल बिक्रीबारे संसदको शिक्षा समितिमा बिहीबार भएको छलफलमा मन्त्री शर्माले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन् ।समितिले आफ्नो छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिने उनले बताइन् ।
‘कानुन बमोजिम काम भएका छैनन् भने जोसुकै पनि कारबाहीको दायरामा आउनुपर्छ भन्ने संकल्पका साथ सरकारले समिति गठन गरेको हो,’ ३० दिनको समय पाएको समितिले समयमै कामसक्ने भन्दै मन्त्री शर्माले भनिन्, ‘अहिले अध्ययनमै भएको हुनाले के हुनेवाला छ भन्न छिटो होला ।’

अघिल्लो महिना मलेसियाको टेलिकम कम्पनी एक्जियटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोडमा बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो । लाभकर छल्न र २०२९ पछि एनसेल नेपालको स्वामित्वमा आउन नदिन शेयर खरिद बिक्री भएको आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP