मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । भारतको राजधानी दिल्लीमा पनि कोरोनाको सबभेरिएन्ट ‘जेएन.१’ फेला परेको छ।

दिल्लीमा पहिलोपटक बुधबार जेएन.१ भेरिएन्ट फेला परेको समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।
दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले एएनआईलाई जिनोम सिक्वेन्सिङका लागि पठाइएका तीन नमुनामध्ये एउटामा कोरोनाको सब–भेरिएन्ट जेएन.१ र अन्य दुईमा ओमिक्रोन देखिएको जानकारी दिएका छन्।

मन्त्री भारद्वाजले संक्रमण दर हाल १ प्रतिशत मात्र रहेको र यो सब–भेरियन्ट खतरनाक नभएको दाबी पनि गरेका छन् ।

योसँगै दिल्लीमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ। संक्रमितमध्ये २८ वर्षीय पुरुषको मृत्यु पनि भएको बीबीसी हिन्दीले जनाएको छ।

तर, अधिकारीले उक्त व्यक्तिको मृत्युको मुख्य कारण कोरोना नभएको दाबी गरेका छन्। उनलाई अरू धेरै रोग थिए।

यसैबीच भारतमा बुधबार थप ५२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९३ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP