मंगलबार , भाद्र १६, २०८३

बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ– बुटवल सडक नबनाउनेलाई धुलो चटाउने बताएका छन् । तीन दिन हिँडेर बुटवल पुगेका लामिछानले बुधवार बेलुकी समर्थक र शुभेच्छुकलाई सम्बोधन गर्दै चर्को आक्रोश व्यक्त गरेका हुन् ।

उनले कानुनी अड्चनमात्रै बाधक नबनेको बताए । उनले भने “ठेकेदारलाई पैसा दिइएको छैन । काम गरेको पैसा सरकारले दिएको छैन । के कारणले निर्माण व्यवसायीलाई रकम भुक्तानी दिइएन ।”

उनले एक सय १३ किमि यात्रामा देखिएका समस्या एक एक गरेर उठाउने र गल्ती गर्नेलाई रास्वपाले धुलो चटाउने बताए । “जसले गल्ती गरेको हो र सडक बनाएको छैन, त्यसलाई धुलो चटाउनेछ ।’ आफूहरुले तीन दिन हिंड्दा शरिरमा निकै पीडा भएको बताउँदै उनले सडक नबन्द वर्षाैं यो क्षेत्रका जनतालाई कस्तो भयो होला भन्दै उनले कडा आक्रोश व्यक्त गरे । ‘वर्षाैंदेखि यहाँका जनतामाथि अपराध भएको छ । यातना दिइएको छ । उनले भने , ‘यो एउटा सिंगो पुस्तामाथि युगमाथि अपराध भैरहेको छ । ’
पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गतको यो सडकखण्ड स्तरोन्नतिमा अस्वाभाविक ढिलाइ भएपछि रास्वपाले दबाबस्वरुप यो पैदलयात्रा गरेको हो । २०७५ साल माघमा यो सडक खण्डका लागि सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षमा सकिनुपर्ने सडकमा पाँच वर्ष पूरा हुन लाग्दा ४४ प्रतिशत मात्र काम भएको छ ।निर्माण कम्पनीले काममा ढिलाइ हुनुमा कोरोना कहर र निर्माण सामग्री अभावलगायतका कारण देखाउने गरेको थियो । अहिले भने कामले तीव्रता लिएको र २०८१ साल पुस मसान्तसम्ममा सकिने दाबी ठेकेदार कम्पनीले गर्दै आएको छ ।

३ वर्षमा सकिनुपर्ने काम अवधि सकिएर म्याद थप हुँदा पनि आधा प्रगति नहुँदा जनताको दैनिकी, व्यापार व्यवसाय, सवारीसाधन, यातायात व्यवसाय सबैले कष्टकर जीवन भोग्नुपरेकोले सरकारको ध्यानाकर्षण गराउन पैदलयात्रा गरिएको सभापति लामिछानेले बताए ।तीन दिन लगाएर टोलीले गैंडाकोटदेखि बुटवलसम्म ११३ किलोमिटर दूरी पार गरेको हो । टोलीलाई बाटोमा हजारौं शुभेच्छुक र पार्टी प्रतिनिधिले फूलमालाले स्वागत गरेका थिए । टोलीमा पार्टी सभापति लामिछानेसहित उपसभापति डोलप्रसाद अर्याल, सांसद हरि ढकाल, निशा डाँगी, केन्द्रीय सदस्य मनिष झा, राजन गौतम, दीपक बोहरालगायत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP