मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा जारी क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइले आजदेखि पुनः निरन्तरता पाउने भएको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार सुरु अन्तिम सुनुवाइमा बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले बाँकी बहस आजदेखि हुनेछ । अब यो मुद्दाको फैसला पनि न्यायाधीश ढकालकै इजलासले गर्नेछ।

पहिलो दिन पीडितका तर्फबाट  सरकारी र निजी वकिल गरी तीन जनाले बहस गरेका थिए। तीनैजनाले सन्दीप दोषी रहेको दाबी गरेका छन्। साथै पीडित नाबालिग रहेको जिकिर गर्दै उनीहरुले सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने तर्क गरेका छन्।

पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने छन्। मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले सजाय वा सफाइ पाउनेछन् । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ। पीडित किशोरीको उमेर १८ वर्ष कम ९नाबालिग० भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ। तर यो मुद्दामा किशोरीको उमेर नै एकिन हुन सकेको छैन। सन्दीपका कानून व्यवसायीले किशोरी बालिग भैसकेको दाबी गर्दै विभिन्न कागजात पेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP