काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ हवल्दारसहित थप २१ जना सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।
आफूखुसी कार्यालयमा हाजिर नभएकाहरुमा पर्साका रम्भु राम, तेह्रथुमका सुदीप लिम्बु, ओखलढुंगाका विनोद बस्नेत, बर्दियाका प्रेम बहादुर चौधरी, मोरङका मुकेश कुमार मण्डल, दोलखाका रमेश पोखरेल, मकवानपुरका बुद्धबल तामाङ र काभ्रेका रुपक केसी छन् ।
यसैगरी दाङका राजु चौधरी र मायाराम चौधरी, सल्यानका धर्मराज वली, रुपन्देहीका मिलन भट्टराई, उदयपुरका निर्जन थापामगर, संखुवासभाका यलम्बर राई, रौतहटका महेश साह, बागलुङका राजेन्द्र परियार, दैलेखका लोकेन्द्रबहादुर थापा, जाजरकोटका टोपबहादुर सिंह, डोटीका लक्ष्मणबहादुर थापा, मोरङका रन्जित कुमार राम र जाजरकोटका टेकबहादुर खड्कामा पनि सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुले जागिर छोडेको अनुमान छ ।









