मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यशैली बदल्ने  प्रतिवद्धता जनाएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनले आफू आत्मसमिक्षामा रहेको र कार्यशैली बदल्ने बताए ।

केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताए । साथै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने  प्रधानमन्त्रीको प्रतिवद्धता छ । ‘सरकार असफल त भएन, तर आफ्नै हुटहुटी अनुसार परिणाम पनि आएको छैन ।’ उनले भने । बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको उनले बताए ।

‘कति बन्यो भन्ने होइन, कति बन्नसक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्म समीक्षाका साथ सार्वजनिक घोषणा गर्छु, अब सरकारको कार्यशैली बदलिनेछ ।’ उनले भने, प्रधानमन्त्री प्रचण्डले भने, ‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु ।’

सरकारको कार्यशैली बदल्न यो प्रस्थान विन्दु हुने भन्दै उनले यही साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP