मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही नभएकै हो त भनेर प्रश्न गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशमा नराम्रो मात्रै नभएको भन्दै यस्तो प्रश्न गरेका हुन् ।

एकथरीले नियोजित रुपमै यो मानसिकतालाई मलजल गरेको भन्दै उनले भने, ‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ ।’प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण सम्भावनाहीन बन्दै गएको हो त ? ’

नेपाली समाजमा अहिले हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन् ।गरेका उनले सकिंदैन, हुँदैन भन्ने नकारात्मकताले समाजको सिर्जनात्मकता नै मरेको टिप्पणी गरे । नकारात्मक र हीन भावनाले सम्भव कामलाई पनि असम्भव बनाएको प्रधानमन्त्री प्रचण्डले बताए ।

लोडसेडिङ अन्त्य गर्नुका साथै एक वर्षमा १५ अर्बभन्दा बढीको विद्युत व्यापार गरेको र एक वर्षमा ५०० मेगावाट भन्दा बढी विद्युत थप भएको भन्दै उनले भने, ‘८० वर्षमा नभएको काम एक वर्षमा भएको छ ।’भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको भन्दै उनले यो ऐतिहासिक भएको पहिलेझै दोहोर्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP