आइतबार , बैसाख १४, २०८२

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन बालुवाटार शीर्ष नेताहरुबीचको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् ।

बैठकमा कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानूनमन्त्री धनराज गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन, एमालेका सचेतक महेश बर्तौलालगायत नेताहरु सहभागी छन् । हिजो पनि तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन छ । उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले हिउँदे अधिवेशनबाट यसलाई टुंग्याउने तयारी गरेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक हाल प्रतिनिधिसभाको समितिमा विचाराधीन छ । विधेयकका अन्तर्वस्तुमा प्रमुख दलहरुबीच सहमति नजुट्दा विधेयक अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP