आइतबार , बैसाख १४, २०८२

काठमाडौं । नेपालबाट विदेशी मुलुकमा हुँदै आएको निर्यात निरन्तर खुम्चिँदै आइरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशी मुलुकमा हुने निर्यात ६३ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ । जबकि गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशमा ६७ अर्ब ३० करोड रूपैयाँको सामान निर्यात भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आवको पाँच महिनाको निर्यात ६।०९ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक ( वर्षको साउनमा १३ अर्ब ५२ करोड रूपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।

त्यसैगरी चालु आवको दोस्रो महिना अर्थात् भदौमा निर्यात बढेर २६ अर्ब ४४ करोड रूपैयाँ पुग्यो । असोजमा निर्यात बढेर ४० अर्ब ८७ करोड रूपैयाँ पुग्यो । त्यसैगरी कात्तिकमा पनि निर्यात बढेर ५० अर्ब ५६ करोड रूपैयाँ पुगेको थियो । मंसिरमा भने निर्यात बढेर ६३ अर्ब २० करोड पुगेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP