मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ ।

पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले यसको शुभारम्भ गरेका हुन् । यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो । प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।

‘यो एउटा सुखद क्षण हो,’ अब भनसुन, आग्रह गरेर पेशी तारेख तय नहुने भन्दै प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित प्रणाली शुरु गर्दै भने, ‘न्यायिक प्रशासनिक कामकाबारहीमा सरलता त दिन्छ नै, यसप्रति सबैको विश्वास सबैले अपनाउँछन् ।’ स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु भएपछि कर्मचारीहरूले आफ्नो ईच्छा अनुसार तारिख तोक्ने हालको पद्दति हट्नेछ । स्वचालित रुपमा तारिख दिइनेछ । । मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP