मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १ सय ३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेपछि बनेको छानबिन समितिले यो निष्कर्ष निकालेको हो । प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले आइतबार पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वनजिक गरेको हो।

छानबिन समितिले भनेको छ, ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’

समितिले आफ्नो प्रतिवेदनमा गोरखाका मिनबहादुर घलेले दुबईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गर्न सेटिङ मिलाउने गरेको देखिएको जनाएको छ।

मीनबहादुर स्वयम् तथा १४ किलो सुनसहित समातिएका चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटक-पटक दुबईबाट सुन लिएर आउने गरेको अनुसन्धानबाट खुलेको प्रतिवेदनमा उल्लेख छ।

घलेले एयरपोर्टको सेटिङ मिलाउन डिवी भन्ने दानबहादुर गुरुङलाई प्रयोग गरेको देखिएको समितिले निष्कर्ष निकालेको छ। मीनबहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले पटकपटक गरेर १३८ किलो सुन विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेको पनि समितिले जनाएको छ। तर पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ किलो मात्रै सुन बरामद भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

एयरपोर्टबाट सुन बाहिर निकाल्न त्यहाँ कार्यरत नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखाका सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतले भूमिका खेलेको प्रतिवेदनले ठहर गरेको छ।

भरियाले ल्याएको सुन एयरपोर्टबाट बाहिर निकालिसकेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौंको टोखा नगरपालिका बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिवी गुरुङको घरमा पुर्‍याउने गरेको पनि निष्कर्ष समितिले निकालेको छ।

उक्त सुन मीनबहादुर घले र उनका साथी जोन भन्ने जीवन गुरुङले अंकित अग्रवालले भनेको स्थानमा लगिदिएर भरियाको काम गरेको पनि समितिले पत्ता लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP