
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा २१ दिनको मात्र सीसीटीभी फुटेज स्टोरेज हुने गरेको भेटिएको छ ।
उनले विमानस्थलबाट पास लिएका मोबाइल नम्बरहरु पनि नभेटिएका बताएका छन् । ‘पास लिएको मोबाइलका नम्बरहरु पनि पाइएन’, उनले भने । तर, नेपालको कानूनअनुसार ३ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।
मंसिर २१ गते त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका थिए । ५५ वर्षीय घले २१ गते फ्लाइ दुबईको विमानबाट नेपाल आएका थिए । उनले स्टकोट जस्तो विशेष कपडा नै सिलाएर गोजी बनाइ २ केजीका ७ वटा विस्कुट आकारको सुन लुकाएर ल्याएका थिए । एक वर्षमा ५२ पटकसम्म दुबई गएको उनको ट्राभल हिस्ट्री देखिएको छ ।
घलेको साथबाट बरामद भएको १४ केजी सुनको विषयमा छानबिन गर्न प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो । समितिले प्रतिवेदन सार्वजनिक गर्दै तस्करी कसरी भएको थियो, कसले गेट पास गराएका थिए भन्नेदेखि तस्करी रोक्न विभिन्न सुझाव दिएको छ ।