मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । गत मंसिर २१ गते राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै  सुन तस्करी रोक्ने उपाय सुझाएको छ ।

प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले आइतबार पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वनजिक गर्दै सुन तस्करी रोक्न त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा पनि २४ घण्टा चेकजाँचको व्यवस्था हुनुपर्ने सुझाव दिएको छ । समितिले विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भीआईपी कक्ष र भीआईपी बिन्दुमा मेटल फ्री गराउनु जरुरी रहेको ‍औँल्याएको छ।

त्यसैगरी भीआईपी कक्षमा स्क्यानिङसहितको व्यवस्थालाई त्रिभुवन विमानस्थल कार्यालय र विमानस्थल सुरक्षा प्रहरीले २४ सै घण्टा लागु गर्नुपर्ने सुझाव पनि समितिले दिएको छ।

‘विमानस्थलको अन्तर्राष्ट्रिय आगमनको भीआईपी कक्ष र भीआईपी बिन्दुमा ‘मेटल फ्री’ गराउने, स्क्यानिङ्ग गर्ने मेतको काम त्रिअवि भन्सार कार्यालय र विमानस्थल सुरक्षा प्रहरीले २४ सै घन्टा ड्युटी रहने गरी संयुक्त सुरक्षा व्यवस्था मिलाउनु पर्ने जरुरी छ’, समितिले सुझावमा भनेको छ।

त्यसैगरी त्रिअविको आगमनतर्फ शौचालयको अपाङ्गमैत्री क्याविनको भित्रतर्फको ढोकामा तालासमेत लगाएर शंकास्पद काम हुने गरेको समितिले जनाएको छ।

‘त्रिअविको आगमनतर्फ शौचालयको अपाङ्गमैत्री क्याविनको भित्रतर्फको ढोकामा तालासमेत लगाई गोप्य रुपमा राख्न मिल्ने संरचना रहेको देखियो’, समितिले भनेको छ, ‘यस्ता संरचनाहरू तस्करीको सुन ल्याई लुकाउने गरेको देखिएकोले त्यस्ता छिद्रहरू तत्काल सुधार गर्नुपर्ने।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमनका संरचनाहरूमा सुरक्षा संवेदनशीलताको दृष्टिकोणबाट विभिन्न छिद्रहरू रहेकोले त्यसलाई पनि नियमन गर्नुपर्ने समितिले जनाएको छ।

‘त्यस्ता छिद्र रहेका स्थानहरुका ढोका, आपतकालीन प्रवेशद्वार लगायतका स्थान सीसीटीभीको निगरानीमा राख्ने बन्द गरी सम्बन्धित व्यवस्था मिलाउने’, समितिले भनेको छ, ‘सेवा प्रदायकहरू जस्तै चमेना गृह, मुद्रा सटही काउन्टर, सीआईपी लाउन्ज लगायतका कर्मचारीहरूको विमानस्थल पास ड्युटी नभएको अवस्थामा टीआईएले निगरानी राख्ने व्यवस्था मिलाउने।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याम्पमा रहेका सरसफाइ कर्मचारीहरूको झोला-टिफिन लगायत सामान राख्ने सेल्टर, सेड र कन्टेनरमा लकरसमेत रहेको देखिएकोले त्यस्ता संरचनालाई तत्कालै त्यहाँबाट हटाई सुरक्षा जाँच बिन्दुभन्दा बाहिर राख्न पनि समितिले सुझाव दिएको छ । समितिले प्रस्थानतर्फको स्टेरिलाइज्ड वेइटिङ हलमा असम्बन्धित पासबाहक कर्मचारी प्रवेशलाई रोक्न पास वितरण गर्दा तथा संरचनागत रुपलेसमेत सेवा प्रवाह गर्दा वैकल्पिक बाटोको समेत व्यवस्था मिलाउन पनि भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP