मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्य पहाडी यात्राले राजनीतिक रुपमा स्थापित गर्न खोजिएका गलत भाष्यहरू असफल र असान्दर्भिक बनाइदिएको दाबी गरेका छन्।

यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशबारे जानकारी गराउन आइतबार च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन् । ‘कोही कोही राजतन्त्र फर्काउँछौं, यो अवधिभित्र राजतन्त्र फर्काउँछौं भन्ने भाष्यहरूलाई असान्दर्भिक बनाइदिएको छ,’ ओलीले भने, ‘सामाजिक सद्भाव, एकता बिथोल्ने खालका चेतना सम्भव छैन।’

ओलीले राजनीतिक अस्थिरताको कारणले जनतामा आएको निराशालाई आफूहरूको चिर्न सफल भएको दाबी पनि गरे । अहिले पनि केही मान्छेहरू राणा शासन र पञ्चायत नै ठिक थियो भन्ने भेटिने गरेको भन्दै उक्त कुरा स्वीकार्य हुन नसक्ने बताए।

‘राणा शासननै राम्रो थियो र पञ्चायत नै राम्रो थियो भन्ने पनि भेटिन्छन्। त्यो ग्राह्य, स्वीकार्य हुन सक्दैनौं। हामी गलत भाष्यलाई चिर्न र नयाँ यथार्थ भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ,’ ओलीले भने, ‘हामी सफल भएका छौँ। एउटा राजनीतिक रुपमा रहेको अस्थिरता, अन्यौल, निराशा जस्ता कुराहरूले जनतामा आइरहेको नैराश्यभावलाई यस यात्राले चिर्ने काम गरेको छ।’

उनले राजनीतिलाई फेरि हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई पनि आफूहरुले निस्तेज पारेको जिकिर गरे।‘सामाजिक एकता बिथोल्ने खालका विभिन्न प्रयास भएका छन्। ती कुरा अबको नागरिक चेतनामा सम्भव छैन। अबको जिम्मेवार राजनीतिक दलहरूले दह्रो खुट्टा टेकेर आफ्नो भिजन राख्नुपर्छ। जनता स्पष्ट छन्। त्यो कुरा यो यात्राले देखाएको छ।’ उनले भने ।

मंसिर १४ गते पश्चिमी नाका बैतडीको झुलाघाटबाट झण्डात्तोलन गरी सुरु भएको यो अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङसम्म चलेको थियो।अभियानअन्तर्गत एमालेले विभिन्न जिल्लामा आमसभाहरू गरेको थियो। १८ दिनसम्म चलेको अभियानको अन्तिम आमसभा भने मंसिर ३० गते पाँचथरको फिदिममा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP