
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् ।
उनी बोल्दै गर्दा अगाडीबाट हानिएको खोया मञ्चमै पुगेको थियो । खोयाहान्ने लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटलाई प्रहरीले पक्राउ गरिसकेको छ । सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित रानाभाटले खोया प्रहार गरेका थिए । प्रहरीले मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । प्रहरीका अनुसार यसबारे अनुसन्धान भैरहेको छ ।