मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

नेपाल सुपर लिगमा टोलीको अन्तिम खेलपछि चितवन एफसीका कप्तान समेत रहेका  विशालले शुक्रबार अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका हुन् ।
खेलपछिको पत्रकार सम्मेलन सकिँदा नसकिँदै विशाल बोल्न अघि सरे ।  ‘म थौरै समय लिन चाहन्छु, मेरा केही व्यक्तिगत कुरा राख्नु छ । अब म राष्ट्रिय टोलीबाट संन्यास लिन चाहन्छु। अघोषितरूपमा संन्यास लिएँ भन्दा धेरैले सोधिराख्नुभएको थियो, कहिले भनेर। त्यसैले अहिले औपचारिकरूपमा भन्न चाहन्छु।’ विशालले एकाएक अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास लिएको घोषणा गरे,  ‘साफ च्यम्पियनसिप पछि नै राष्ट्रिय टोलीबाट नखेल्ने सोच बनाएको थिएँ,’ विशालले भने, ‘अब नयाँ पुस्ताका लागि पनि ठाँउ दिनुपर्छ भन्ने सोचेंं । राष्ट्रिय टोलीबाट खेल्न पाएकामा सधैँ खुशी छु।  ‘यो गलत समय होला तर मैले अवकाश लिइसकेँ। नियमित लिग भयो भने क्लब फुटबल केही समय खेल्ने सोच छ ।’

लामो समय राष्ट्रिय टोलीबाट मौका नपाउँदा पनि परिवार, साथीभाई शुभचिन्तकहरुको साथका कारण धैर्य भएर मनोबल बढाएको उनले बताए ।  किरण चेम्जोङ, रितेश थापा,विकास मल्ल टोलीमा रहेका बेला चौथो किपरको रुपमा तत्कालीन प्रशिक्षक ग्राहम रोबर्टसले मौका दिएका थिए । तर डेब्यूका लागि दश वर्ष प्रतीक्षा गर्नुपरेपनि विशाललाई त्यसमा खासै गुनासो छैन । ‘धेरै कुनुपर्यो । तर पनि २०२१ को सेप्टेम्बरमा यहि मैदानमा डेब्यूको मौका पाएँ । त्यो मेरो लागि अविष्मरणीय दिन थियो,’ थियो ।’ शुक्रबार म्यान अफ दी म्याच घोषित विशालले भने, ‘आफूले खेल्ने अवसर नपाउँदा पनि मैले आफूलाई अलग सोच्नु परेन । सिनियर र समकालिन साथीहरुको सधै साथ पाएँ। म यति बेला सबैलाई धन्यवाद दिन चहान्छु ।’

सन् २०११ मा पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश पाएका विशालले २०२१ सेप्टेम्बर ५ मा दशरथ रंगशालामा भारतविरुद्ध परिवर्तित खेलाडीका रुपमा डेब्यूको अवसर पाएका थिए ।  उनी राष्ट्रिय खेल जीवनको अधिकांश समय किरणको छायाँमा परे ।

राष्ट्रिय टोलीबाट धेरै मौका नपाएका विशाल घरेलु फुटबलका सफल गोलकिपरमा पर्छन् । मनाङ मस्र्याङ्दी क्लबबाट ए डिभिजन लिग जितेका उनी मछिन्द्र क्लबबाट दुई पटक च्याम्पियन बने । विशालकाे एक शालीन र अनुशासित खेलाडीको परिचय छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP