मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  मन्त्रीहरू फेरेर भएपनि जनतालाई सेवा दिने गरीपरिणाम निकाल्ने बताएका छन् ।

मोरङको मिक्लाजुङ ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका हुन् । उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने बताए । उनले भने, ‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु ।’
उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताए । ‘मन्त्रीहरूलाई बोलाएर के-के गरिरहेको छ भनेर जानकारी लिएको छु। प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्,’ उनले भने, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिनेतिर प्रतिबद्धता व्यक्त गरेको छु।’

मन्त्री हेरफेरको व्यापक चर्चा चलिरहेका बेला उनले सार्वजनिक रुपमै त्यसबारे बोलेका हुन् । प्रधानमन्त्री प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री बनेको पहिलो वर्ष सकिएपछि नयाँ ढंगले काम सुरू गर्ने पनि बताएका छन्।
पहिलो वर्षमा सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको उनले बताए।‘निरन्तरतामा क्रमभंग गर्दै आएको छु।  ११ गतेबाट नयाँ ढंगले विकास निर्माण र जनताको सेवाका काम अगाडि लैजाने प्रतिबद्धता छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP