मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणी छिमेकी भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने बताएका छन्।
सुनसरीस्थित इनरुवा सब–स्टेशन शुक्रबार उद्घाटनका क्रममा सम्बोधन गर्दै उनले नेपाल–भारतबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी महत्वपूर्ण अन्तरसरकारी सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम छिट्टै काठमाडौंमा हुने  बताए। काठमाडौँमा हुने  कार्यक्रमका लागि उच्च भारतीय अधिकारीहरू काठमाडौं आउने तयारी भइरहेको पनि दाहालले  जानकारी दिए ।

‘गत जेठमा भएको मेरो भारत भ्रमणले केही विद्युत् व्यापारका लागि महत्वपूर्ण आधारहरू तयार पारेको छ। दीर्घकालीन विद्युत् व्यापारमा भएको सहमतिलाई मूर्त रुप दिन, नेपालमा भएको अपार जलविद्युत्को सम्भावनालाई व्यवहारमा उतार्न छिट्टै भारतसँग काठमाडौंमा विशेष घोषणा हुँदैछ’, उनले भने, ‘म भारत जाँदा भएको प्रारम्भिक सहमतिलाई मूर्त रुप दिने काम हुँदैछ। भारतका विशिष्ठ अधिकारीसहित विशेष घोषणा गरिँदैछ। यसले दुई देशबीचको ब्यापारमा नयाँ इँटा थप्नेछ।’

दाहालले यस वर्षको वर्षायाममा मात्रै नेपालमा उपभोग गरेर उब्रिएको बिजुली बेचेर १५ अर्ब रुपैयाँ आम्दानी भएको  पनि खुलाएका छन्। यस सम्झौताले नेपाली बिजुलीका लागि भारतीय बजार सुनिश्चित गर्नेछ। प्रारम्भिक चरणमा १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने लक्ष्य नेपालले राखेको छ।
यो सम्झौतापत्रको अवधि २५ वर्षको बनाउने तयारी छ। यो सम्झौतापछि २५ वर्षसम्म नेपाली बिजुलीलाई भारतीय बजार मिल्नेछ।

नेपाली बिजुलीका लागि भारतीय बजारमा दीर्घकालीन ढोका यो सम्झौताले खोल्ने छ। नेपालमा उत्पादित विद्युत् स्थानीय बजारमा खपत नहुने भएकाले भारतीय बजार बलियो विकल्प हो। अहिले नै विद्युत् खेर गइरहेको अवस्था भारतीय बजार अतिआवश्यक रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्रधानमन्त्रीले देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने सुनौलो दिन छिट्टै आउन लागेको बताए । कार्यकाल एक वर्ष पूरा गरेकाले अब केही ऐतिहासिक र महत्वपूर्ण निर्णय गर्न लागेको उनले बताए ।इनरुवामा ४०० केभी सबस्टेसनको आज उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा केही नभएको भन्दै निराशाको मात्र खेती र चर्चा बढी हुने गरेको अवस्थामा यस्ता ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले आशाको सञ्चार गराएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP