मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका एक जना यात्रुले खोलेपछि  उडान रोकिएको छ ।

मङ्गलवार बिहान एक यात्रुले बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान रद्द हो ।

बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार बिहान ९ बजे उडान नम्बर ६५२ को जहाजले सबै यात्रु चढाई सबै ढोका बन्द गरेर उड्न तर्खर गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका एकाएक खोलिदिएका थिए।

भीम परियार  नामका यात्रु जहाजको  १– सी–डी अर्थात् इमर्जेन्सी ढोका भएको सिटनेर बसेका थिए। उनले आपत्‌कालीन ढोका खोलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको गौतमले बताए।  ढोका खोल्ने परियारलाई नियन्त्रणमा लिइएको छ ।

उड्न लागेको बुद्ध एयरको विमान दुर्घटनाबाट जोगिएको छ।

यसैबीच सोही विमानका एक यात्रुले आज धन्न बाँचिएको बताएका छन्। यादव देवकोटाले आफ्नो एक्स ह्यान्डलमा विमानको तस्बिरसहित लेखेका छन्– अहिले भर्खर बुद्ध एयरको ९ः०० बजेको पोखरा काठमाडौँ उडानका लागि प्लेन चढियो। चढिवरी प्लेन स्टार्ट भएपछि इमरजेन्सी ढोका स्वाट्ट भित्र आयो। जहाजमा यात्रुहरूको कोलाहल। उडिसकेपछि यस्तो भएको भए के हुन्थ्यो होला! धन्न बाँचियो भन्ने त होला नि!’

अहिले भर्खर बुद्ध एयरको ९.०० बजेको पोखरा काठमाडौं उडानका लागि प्लेन चढियो। चढिवरी प्लेन स्टार्ट भएपछि इमरजेन्सी ढोका स्वाट्ट भित्र आयो।
जहाजमा यात्रुहरुको कोलाहल। उडिसकेपछि यस्तो भएको भए के हुन्थ्यो होला ?

तस्बिर: यादव देवकोटाको एक्स (ट्वीटरबाट) । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP