
काठमाडौं । महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतकाठमाडौंका केही ठाउँमा आज साढे ४ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढे ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।
मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ ।