मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । राष्ट्रिय प्रणालीसँग एकीकृत रूपमा आबद्ध गराउन नसक्दा स्थानीय तहबाट हासिल भएका उपलब्धि राष्ट्रिय प्रणालीभन्दा बाहिर रहने गरेका छन्। स्थानीय तहभित्र निर्माण भएका खानेपानी, सडक, सामुदायिक विद्यालयका भवन, ढल निर्माणलगायतका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकास र सोबाट रोजगारीको सिर्जनालगायतका उपलब्धि राष्ट्रिय प्रणालीसँग आबद्ध हुन नसकेका हुन् ।

एकीकृत खालको प्रणाली अभाव हुँदा स्थानीय तहमा भएका भौतिक र मानव विकासका उपलब्धि सङ्घीय सरकारको तथ्याङ्कमा एकीकृत रूपमा अभिलेखीकरणभन्दा बाहिर रहँदै आएको छ । नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्थानीय तहको उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग आबद्धता गराउन नसकिएको स्पष्ट पारे  । उनले भने, “स्थानीय तहको व्यवस्थित रिपोर्टिङ गर्ने संयन्त्र नहुँदा स्थानीय तहको उपलब्धि राष्ट्रिय प्रणालीमा आबद्ध गराउन नसकिएको हो । स्थानीय तहका एकीकृत उपलब्धिले सरकारलाई नीति, योजना, कार्यक्रम र बजेट निर्माणमा सहयोग पुग्ने भए पनि सो संयन्त्र अहिलेसम्म निर्माण हुन सकेको छैन ।”

उनले स्थानीय तहमा भएको वस्तुस्थिति विवरणलाई विभिन्न सरकारी प्रणालीसँग आबद्ध गराउने, स्थानीय तहको तथ्याङ्क व्यवस्थापनमा एकरूपता र स्तर कायम गर्ने, स्थानीय विकासको व्यवस्थापनका लागि आवश्यक आधार रेखा एवं सूचना उपलब्ध गराउने, सरकारी निकायबिच आबद्ध गराई एकीकृत रूपमा सूचना एवं तथ्याङ्क उपलब्ध गराउन सकिने भए पनि सो अनुसारको काम नभएको बताए । वडा, स्थानीय तह, जिल्ला, प्रदेश र देशभरको तथ्याङ्क प्रतिवेदन स्वचालित रूपमा आधिकारिक प्रयोगकर्ताले प्राप्त गर्न सक्ने गरी व्यवस्था हुनुपर्ने नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भएका सबै उपलब्धिलाई सङ्घीय सरकारको प्रणालीमा आबद्ध गराउन नसकिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तहको सम्पर्क मन्त्रालय भए पनि स्थानीय तहमा भएका सबै उपलब्धि मन्त्रालयमा अभिलेखीकरण हुने संयन्त्र बनिनसकेको बताए ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP