मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।  शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले बढेको छ । केही दिनदेखि लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १४ अङ्कले बढेर दुई हजार ६० दशमलव ४९ विन्दुमा पुगेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो । यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत २६ पुस २०७९ मा ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।

सोमबार कुल १६५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ५ को स्थिर रह्यो ।
आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेको छ । अघिल्लो दिनसम्म हाइड्रोपावर समूहमा आकर्षण देखिएकोमा आज माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ५.५ प्रतिशत बढ्यो । त्यसतै बैंकिङ २.०, विकास बैंक १.८, फाइनान्स २.५, होटल तथा पर्यटन ३.२, लगानी ३.१, उत्पादन २.८, अन्य १.६ र ब्यापार समूह ०.८ प्रतिशतले घट्यो ।

९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु, सूर्याज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बीपीडब्लू लघुवित्त, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त, धौलागिरी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

धेरै मूल्य घट्ने कम्पनीमा हाइड्रोपावर समूहका कम्पनीहरु अगाडि रहे । हिमालयन पावर पार्टनरको ७।८, दोल्ती पावरको ६।५, अपर स्याङ्गेको ५.३, मोदी इनर्जीको ४.६ र माइखोला हाइड्रोपावरको ४.३ प्रतिशत मूल्य घट्यो । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २६ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP