
दशरथ रंगशालामा बिहान ११ बजेदेखि समारोह चलिरहेको छ । ४९औँ दीक्षान्त समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सहभागी छन्।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भए । वि.सं. २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका छन्।
त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।
जसमध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुँदैछन्।
दीक्षान्त हुनेहरूको चापका कारण दशरथ रंगशाला आसपाससहित उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त भएको छ।